पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संंक्रमण पुष्टि हुँदा ८ जनाले गुमाए दशैँको मुखैमा अकालमै ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संंक्रमण पुष्टि हुँदा ८ जनाले गुमाए दशैँको मुखैमा अकालमै ज्यान

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जना गरी ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४ जना संक्रमण मुक्त भएका छन् । भने ८ जना संक्रमितको भने ज्यान गएको छ । संक्रमित मध्ये काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर