आज कहाँ कहाँ पानी पर्छ ? — OSNepal

आज कहाँ कहाँ पानी पर्छ ?

LC (KTM) October 15, 2021 0

काठमाडौं, २९ असोज – देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने प्रक्षेपण गरिएको छ ।

देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ । प्रदेश १ र बाग्मती पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर