परपुरुषसँगको सम्बन्ध थाहा पाएपछि श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या — OSNepal

परपुरुषसँगको सम्बन्ध थाहा पाएपछि श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

LC (KTM) October 17, 2021 0

कैलाली ३१ असोज । अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौधरीकी श्रीमती अमृता चौधरीसहित चार जना रहेका छन । अन्यको नाम भने सार्वजनिक गरिएको छैन । धनगढी उपमहानगरपालिका–७ का बस्ने चौधरीको शव आज बिहान घरदेखि झण्डै ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृतककी श्रीमती, उनको केटा साथी विष्णु चौधरीले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने अनुमान गरेको छ । स्थानीय विष्णु चौधरीसँगको प्रेम सम्बन्धको विषयमा विवाद भएपछि श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घटनाको थप अनुशन्धान प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर