मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा – OSNepal

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

LC (KTM) October 18, 2021 0

काठमाडौँ, १ कात्तिक- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement