१५ वर्षीया चाँदनीको आँखाबाट आँसु जसरी ढुंगा झर्छन्, अचम्म मान्दै डाक्टरले दिए यस्तो प्रतिक्रिया — OSNepal

१५ वर्षीया चाँदनीको आँखाबाट आँसु जसरी ढुंगा झर्छन्, अचम्म मान्दै डाक्टरले दिए यस्तो प्रतिक्रिया

LC (KTM) October 19, 2021 0

काठमाडौं । आँखाबाट ढुंगा निस्किने कुरा तपाईले कल्पना गर्न सक्नुहुन्छ ? अपत्यारिलो लाग्ने यो खबर हो भारतको । जहाँको एक दुर्गम क्षेत्रकी १५ वर्षीया चाँदनीको आँखाबाट विगत २ महिनादेखि यस्तो समस्या देखिएको छ । जुन कुरा दैनिक रुपमा नै दोहोरीइरहेको परिवारले बताएको छ । जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेपछि ति बालिकालाई लिएर परिवारले अस्पताल पुग्यो ।

दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा आँखाबाट खसेको कुरा अस्पतालमा बताउँदा डाक्टरले सुरुमा त पत्याएनन् । दिनमा मात्रै झर्ने तर रातको समयमा भने ढुंगा नझर्ने चाँदनीको परिवारले बताएको छ । यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ ।

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारका अनुसार यो काम चर्चामा आउनका लागि मात्रै गरिएको हो । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन नसकेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर