ग्याँस बुलेट पल्टेर अबरुद्ध थानकोट सडक सुचारु, लामबद्ध सवारी गन्तव्य तिर लागे — OSNepal

ग्याँस बुलेट पल्टेर अबरुद्ध थानकोट सडक सुचारु, लामबद्ध सवारी गन्तव्य तिर लागे

LC (KTM) October 19, 2021 0

काठमाण्डौ – ग्याँस बुलेट पल्टेर जाम भएको थानकोटमा सडक बल्ल खुलेको छ । धादिङबाट काठमाण्डौ आउँदै गरेको बुलेट गएराति थानकोट नजिक पिप्लामोडमा पल्टिए पछि सयौ सबारी साधन र यात्रु बिचबाटोमा नै अलपत्र परेका थिए ।

अहिले दुईतर्फी नै सडक खुलेको ट्राफिक प्रहरीले जनाएको छ । यद्यपी थानकोटमा अहिले पनि गाँडीको चाप उत्तिकै रहेको बताइएको छ ।

दशैँको समयमा ओहोरदोहोर गर्ने यात्रु धेरै भएकाले सडकमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ । सडक खुलेसँगै रोकिएका गाडि र यात्रु गन्तव्यमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर