अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर सभामुख पार्टी विभाजनको मतियार बने : भट्टराई • OSNepal

अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर सभामुख पार्टी विभाजनको मतियार बने : भट्टराई

Kabita Ghimire (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा आत्मलोचना नगरे स्म्म संसद चल्न नदिने बताएका छन् ।

आज बिहान एक कार्यक्रममा बोल्दै सचेतक भट्टराईले यस्तो जानकारी दिएका हुन् । आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद बैठक बैठक बोलाएको भन्दै भट्टराईले आपत्ती जनाएका छन् ।

एमालेको राष्ट्रिय स्तरको कार्यक्रममा अवरोध पुर्याउने षड्यन्त्र भएको आरोप लगाएका उनले कार्यक्रममा भनेका छन्,’हामीले जे मुद्दा उठाएका छौं, त्यो सम्बोधन गर्नुपर्छ । सभामुखले गलत क्रियाकलाप सच्चाउनुपर्छ । मैले गल्ती गरेँ, त्रुटि गरेँ, आइन्दा गर्दिनँ भनेर एमालेप्रति गरेको विभेदमा आत्मालोचना गर्न तयार हुनुभयो भने पुनर्विचार गर्न सकिन्छ ।’

संसद् भनेको जनताको आवाज मुखरित हुने थलो भएकाले आफ्नो पार्टीले खुला रुपमा सार्थक वार्ता गर्न भनेको बताएका छन् । तथापी, सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बनेको भन्दै उनले आफुहरुले संवादका माध्यमबाट अहिलेको गतिरोधको शान्तिपूर्ण समाधान गर्न चाहेको बताएका छन् ।

यदि सभामुख र प्रधानमन्त्रीले चाहे आफुहरु वार्तामा बस्न समेत तयार भएको उक्त कार्यक्रम मार्फत जानकारी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर