उपराष्ट्रपति पुनले लिए नर्भिक अस्पताल पुगेर महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी — OSNepal

उपराष्ट्रपति पुनले लिए नर्भिक अस्पताल पुगेर महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

LC (KTM) October 19, 2021 0

काठमाडौँ, २ कात्तिक – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ९किरण० लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ । दमको समस्या बढेपछि उहाँ उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उहाँको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।

महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् । यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर