न्युजिल्यान्डका यी खेलाडीको कार रुखमा ठोक्किएर दुर्घटनामा परि मृत्यु — OSNepal

न्युजिल्यान्डका यी खेलाडीको कार रुखमा ठोक्किएर दुर्घटनामा परि मृत्यु

LC (KTM) October 19, 2021 0

न्युजिल्यान्डका एक खेलाडीको कार दुर्घटनामा परि मृत्यु भएको छ । रग्बी खेलाडी सिन वाईनुईको कार दुर्घटनामा निधन भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खेलाडी सिनको ताउरंगा नजिक कार दुर्घटना हुँदा निधन भएको न्युजिल्यान्ड प्रहरीले जनाएको छ । दुर्घटनामा परेको कार उनले आफै चलाईरहेका थिए ।

उनले चलाएको कार रुखमा ठोक्किएर दुर्घटना भएको थियो । २५ वर्षीय सिनले न्युजिल्यान्डको यू २० टोलीबाट खेलेका थिए । सिन माओरी अल ब्लाक्सबाट व्यवसायिक खेल खेल्दै आईरहेका थिए । उनको अल्पायुमै मृत्यु भएको भन्दै खेलाडीहरुले श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर