भयावह रुपमा फैलिँदै कोरोना, आज एकै दिन यति धेरै संक्रमितको पुष्टि — OSNepal

भयावह रुपमा फैलिँदै कोरोना, आज एकै दिन यति धेरै संक्रमितको पुष्टि

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० संक्रमितको पुष्टि भएको हो ।

त्यसैगरी,आज ५२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भन्दा देशभरबाट २६ जनाको तथ्यांक छुटेकामा आज त्यो तथ्यांक पनि सार्वजनि गरिएको छ । जसकारण ८८संक्रमितको ज्यान गएको हो । आज आइतबार ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ७३० जना मात्र संस्थागत आइसोलेसनमा बाँकी सबै होमआइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर