वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति , हेर्नुहोस् फोटोफिचर — OSNepal

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति , हेर्नुहोस् फोटोफिचर

LC (KTM) October 19, 2021 0

खोटाङ, २ कात्तिक – दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो ।

भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो ।

हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए ।

हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् ।

खोटाङमा जिल्लाभरि १२ हजार ८९८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ७०० मेट्रिक टन उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर