छोरीको जन्मोत्सबमा सामाजिक अभियन्ता गिरीले गरे पत्रकार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया दान — OSNepal

छोरीको जन्मोत्सबमा सामाजिक अभियन्ता गिरीले गरे पत्रकार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया दान

LC (KTM) October 20, 2021 0

सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले आज पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई बिर्तामोड ४ स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उक्त रकमको चेक प्रदान गरेका हुन् ।

कक्षा ११ मा अध्ययनरत् कृतिमाले आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा खुशी व्यक्त गरेकी छिन् । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दीगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताए । लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैया बनाउन जोड दिदै उनले आफ्नो तर्फबाट अझ सहयोग गर्ने बताए ।

पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारको दीगो हितका लागि झापामा उदाहरणीय कार्य भएको भन्दै सहयोगका लागि गिरी परिवारलाई धन्यवाद दिए ।रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्य बिनोद पाण्डे, पत्रकारहरु रमेश तिवारी, सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो ।महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर