हाम्रो पार्टी डम्पिङ साइट होइन, माधव नेपाल जस्तो कुहिएको आलुलाई राखेर ब्याक्टेरिया फैलाउनलाई : ओली — OSNepal

हाम्रो पार्टी डम्पिङ साइट होइन, माधव नेपाल जस्तो कुहिएको आलुलाई राखेर ब्याक्टेरिया फैलाउनलाई : ओली

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वामपन्थी नभएको जिकिर गरेका छन् । कम्युनिष्ट सरकार ढाल्ने सत्ताका लागि मन्त्री चाहियो भन्दै हिड्ने प्रचण्ड वामपन्थी हुने नसक्ने ओलीको दावी रहेको छ ।

‘को वामपन्थी ? प्रचण्ड ? प्रतिक्रियावादीहरुसँग मिल्ने, कम्युनिष्ट सरकार ढाल्ने र सत्ताका लागि मलाई ५ ओटा मन्त्री चाहियो हजुर भन्दै हिडने पनि वामपन्थी हुन्छ र ? ओलीले भने ।

वागमती प्रदेश कमिटी बैठकमा ओलीले नेताको वुद्दि विग्रियो भने प्रचण्ड र माधव नेपाल वन्ने आरोप समेत लगाएका छन् । प्रचण्डसँग आन्दोलनप्रति, विचार राजनीति प्रति कतै पनि निष्ठा नभएको उनको तर्क रहेको छ ।

‘मलाई ५ ओटै चाहिन्छ हजुर, हात थाप्ने । आफनो सरकार छ । उनले भनेका १० ओटा त्यही मन्त्री बनाएको भए हुन्थ्यो नी । त्यो सरकार ढालेर हिजोको यत्रो भएको प्रचण्ड चुचुचुचचु अहिले हुर्नहोस त हालत ।’ उनले बैठकमा भने ।

माधव नेपाल आउँछन् कि भनेर बनाएको १० बुँदे मा रटान लगाएर बस्न आवश्यक नभएको बताएका उनले बैठकमा सम्बोधन गर्दै अघि भने, ‘माधव नेपालको कुरा फरक हो, तर उनीसँग गएकालाइृ फर्किन कुनै आग्रह, पूर्वाग्रह छैन । आ आफनो क्षमता र योग्यता अनुसार जिम्मेवारी फर्किएर लिए हुन्छ । तर माधव नेपाललाइ नो इन्टी ।’

नेपाललाई कुहिएको आलुको संज्ञा दिएका ओलीले आफ्नो पार्टी डम्पिङ साइट नभएको भन्दै पवित्र पार्टी एमालेमा कुहएिको आलुलाई राखेर ब्याक्टेरिया फैलाएर पार्टी अगाडी नबढ्ने बताएका छन् ।

‘विश्वको राजनीतिक आन्दोलनको इतिहासमा निर्लज्ज नकारात्मक चरित्रका रुपमा अहिले माधव नेपाल चिनिन थालेका छन् ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर