जमानतको अपील खारेज भएपछि निराश भए आर्यन खान, जेलमा कोही संग पनि बोल्नै छोडे — OSNepal

जमानतको अपील खारेज भएपछि निराश भए आर्यन खान, जेलमा कोही संग पनि बोल्नै छोडे

LC (KTM) October 21, 2021 0

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान सहित अन्य २ आरोपीहरुको सेशंस कोर्टले बेलका लागि गरिएको अपिल खारेज गरिदिएको छ । सबै जना क्रुज शिप ड्रग्स केसमा गिरफ्तार भएका थिए । पहिला सबैजना एनसीबीको कस्टडीमा रहेका थिए । त्यसपछि उनिहरुलाई मुम्बईको आर्थर रोड जेलमा शिफ्ट गरिएको थियो । २० अक्टोबरमा कोर्टले आफ्नो फैसला सुनाएको थियो ।

प्रोटोकल अनुसार आर्यन खानलाई जेलका अधिकारीहरुले कोर्टद्धारा बेल अपिल खारेज गरिएको कुरा जानकारी दिएका थिए । जेल सुत्रका अनुसार यो खबर सुनेपछि आर्यन खान एकदमै चिन्तित बनेका थिए । उनी यो खबर सुनेपछि आफ्नो ब्यारेकको एक कुनामा गएर बसेका थिए । त्यसपछि उनले अहिले सम्म कसै स.ग कुरा पनि गरेका छैनन् ।

आर्यन अदालतको सुनवाई लिएर एकदमै सकरात्मक रहेका थिए । उनले बेल मिल्ने ठुलो आशा गरेका थिए । तर आशा बिपरीत फैसला आए पछि उनी एकदमै तनावमा देखिएका हुन् । उनलाई जेलको खाना एकदमै मन नपरिरहेको पनि बिशेष सुत्रले जनाएको छ । उनी जसरी हुन्छ जेल बाट बाहिर निस्कन चाहिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर