कोरोनाको केन्द्रबिन्दु उपत्यकामा दिनहुँ बढ्दै संक्रमितको संख्या, आज पनि ४ हजार भन्दा बढी संक्रमितको पुष्टि ,५२ जनाले गुमाए ज्यान — OSNepal

कोरोनाको केन्द्रबिन्दु उपत्यकामा दिनहुँ बढ्दै संक्रमितको संख्या, आज पनि ४ हजार भन्दा बढी संक्रमितको पुष्टि ,५२ जनाले गुमाए ज्यान

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर ८ हजार ८ सय ५० संक्रमितको पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र यति धेरैको संख्यामा संक्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा ५२ जना संक्रमतिको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर