मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने कविराज पक्राउ — OSNepal

मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने कविराज पक्राउ

LC (KTM) October 21, 2021 0

सल्यान ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कुमाख गाउँपालिका–५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का रहेका छन् । खड्काले आफ्नै ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेका हुन् ।

घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरी धारिलो हतियार ९बसुलो० प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका थिए । श्रीमती कलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्का माथि प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर