अमेरिकामा कोरोनाका कारण आर्थिक समस्यामा परेका नेपालीका लागि यस्तो सुविधा दिइदै — OSNepal

अमेरिकामा कोरोनाका कारण आर्थिक समस्यामा परेका नेपालीका लागि यस्तो सुविधा दिइदै

LC (KTM) October 21, 2021 0

क्यालिफोर्निया । कोभिड १९ का कारण आर्थिक समस्यामा परेका नेपालीका लागि अलामेडा काउन्टी आवास सुरक्षा आपतकालिन भाडा सहायता कार्यक्रम संचालनमा ल्याइएको छ ।

नेपाली समुदायमा सक्रिय नेपाली कम्युनिटी सहयोग समूहको पहलमा आर्थिक समस्याका कारण भाडा तिर्न नसक्नेहरुलाई लक्षित गरेर काउन्टीसंग समन्वय गरी उक्त कार्यक्रम संचालनमा ल्याइएको हो ।

यस कार्यक्रम अन्तर्गत भाडा वुझाउन बाँकी भएकाको सतप्रतिसत सम्म घरभाडा तिरिदिने फारम भर्न सहयोग गर्दै आउनु भएका प्रेम परियारले बताए । उनले यो कार्यक्रमबाट प्राप्त रकम पछि ट्याक्स फाइल गर्दा आम्दानीको रुपमा देखाउन नपर्ने भन्दै ढुक्क भएर निवेदन दिन आग्रह गरेका छन् ।

हाल कन्ट्रा कोस्टा काउन्टी र अलामेडा काउन्टीमा वसोवास गर्ने नेपालीहरूले नेपाली भाषामा कुराकानी गरी अनलाइन निवेदन वुझाउन नेपाली कम्युनिटी सपोर्ट समुहले मद्दत गर्दै आएको पनि त्यहाँका स्थानिय नेपाली सेवाग्राहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर