५ सय ४५ जनामा कोरोना संक्रमण हुँदा ८ जनाको मृत्यु — OSNepal

५ सय ४५ जनामा कोरोना संक्रमण हुँदा ८ जनाको मृत्यु

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नपालमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा ७ सय २६ जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको ज्यान गएको छ । योसँगै हालसम्म नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।

संक्रमति मध्ये सबैभन्दा धेरै काठमाडौंमा १४७ जना रहेका छन् । अन्य जिल्लामा क्रमश ललितपुरमा ५१, रुपन्देहीमा ३५, पाल्पामा २६, कास्कीमा २५, चितवनमा २२, मोरङमा १८, भक्तपुरमा १६, मकवानपुरमा १३, तनहुँमा १२ र कैलालीमा १० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर