रमेश दियाली र उषा उप्रेतीको अभिनय रहेको 'प्रेमको नाता- जुनी जुनी'को सर्वत्र चर्चा — OSNepal

रमेश दियाली र उषा उप्रेतीको अभिनय रहेको ‘प्रेमको नाता- जुनी जुनी’को सर्वत्र चर्चा

LC (KTM) October 22, 2021 0

काठमाडौँ । द भ्वाइस अफ नेपालका विजेता किरण गजमेर र बानीका प्रधानको स्वरमा रहेको नयाँ गीत “प्रेमको नाता- जुनी जुनी”को भिडियो सार्वजनिक भएको छ । येदीन गजमेरको शब्द तथा संगीतमा तयार भएको ‘प्रेमको नाता जुनी जुनी’मा चर्चित मोडल रमेश दियाली र उषा उप्रेतीको अभिनय रहेको छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदीनले एल्बम तरंगको चर्चा पश्चात गायक किरण गजमेरको एकल स्वरमा एल्बम ‘जुनी जुनी’मा समावेश गरिएको यो दोश्रो गीतको भिडियो बजारमा ल्याएका हुन् । संगीतकार येदीनले यसअघि जुनी जुनी र अन्य गीत तथा भजन संग्रहहरूले पनी राम्रो चर्चा पाएको थिए ।

वैँशालु उमेरमा प्रेममा परेको एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरुलाई नजिकबाट देखाइएको छ।गाउँमा सामान्य जीवन बिताएका केटा र सहरमा बसेकी केटीको प्रेम जीवनलाई भिडियोमा देख्न सकिन्छ। जुनी गजमेरको लगानीमा बनेको यो भिडीयो लाई रिदम ईन्टरटेन्टमेन्ट नेपालले आफ्नो युटुव च्यानल मार्फत सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर