काठमााडैँमा निषेधाज्ञा झनै कडा गरिने, तरकारी पसल एक साताका लागि बन्द हुन सक्ने — OSNepal

काठमााडैँमा निषेधाज्ञा झनै कडा गरिने, तरकारी पसल एक साताका लागि बन्द हुन सक्ने

LC (KTM) May 24, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ।स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउने तयारी गरेको बताइएको छ ।‘त्यसका लागि  भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ   छलफलमा बस्ने बताइएको छ ।

जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने बताइएको छ ।यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ।

काठमाडौँमा विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले काठमाडौँका तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भिर छलफल गरिनजे समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर