निषेधाज्ञाका बीच पनि भक्तपुरका मिठाइ पसलमा बजार अनुगमन तिब्र,म्याद नाघेको लड्डु जफत् गरी नष्ट गरियो — OSNepal

निषेधाज्ञाका बीच पनि भक्तपुरका मिठाइ पसलमा बजार अनुगमन तिब्र,म्याद नाघेको लड्डु जफत् गरी नष्ट गरियो

LC (KTM) May 09, 2021 0

भक्तपुर- कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले आज मिठाई पसलहरुको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको समितिले आज कमलविनायक र च्याम्हसिंह क्षेत्रमा रहेका मिठाई पसलहरुको अनुगमन गरेको हो ।

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने औंसी पर्वलाई लक्षित गरी मिठाई पसलहरुको अनुगमन गरिएको संयोजक गोराले बताउनुभयो । अनुगमनका क्रममा म्याद नाघेको लड्डु तथा मिठाईमा राख्ने रङ, विभिन्न मिठाईहरूमा बढी मात्रामा रङ राखेको पाइएकाले त्यस्ता मिठाईहरू जफत् गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा मिठाई पसल सञ्चालकलाई मिठाई बनाउँदा जनस्वास्थ्यको ख्याल गर्न, गुणस्तरीय मिठाई उत्पादन गर्न, सरसफाइमा ध्यान दिन साथै खाद्य तथा गुण नियन्त्रण विभागको स्वीकृतबमोजिम मात्र रङहरूको मात्रा राख्न सुझाव दिएको संयोजक गोराले बताउनुभयो । अनुगमनमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, भक्तपुर उद्योग वाणिज्य सङ्घ, प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर