गण्डकी प्रदेशमा ३ दिनभित्र नयाँ सरकार गठन — OSNepal

गण्डकी प्रदेशमा ३ दिनभित्र नयाँ सरकार गठन

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएसँगै गण्डकी प्रदेशमा नयाँ सरकारको लागि प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेकी छन् ।

आफु विरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुनु एक दिन अगाडी नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्।उनले राजीनामा दिए लगत्तै प्रदेश प्रमुख पौडेलले एक विज्ञप्ती जारी गर्दै विज्ञप्तीमा मार्फत नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।

गण्डकी प्रदेशमा कुनै पनि दलको एकल बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलहरु मिलेर नयााख सरकार बनाउन विज्ञप्तीमा आह्रान गरेकी छिन् । संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर