काठमाडौं ९ कात्तिक । नेकपा एमालेको आज पालिका अधिवेशन गर्ने कार्यतालिका रहेको छ । देशभर ७५३ स्थानीय तहमध्ये बाढी पहिरो प्रभावित क्षेत्र बाहेक आज सबै स्थानीय तहमा अधिवेशन हुने भएको हो ।
गएको ६ गते भएको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको थियो ।
पार्टीको १० महाधिवेशजनको तयारीमा जुटेको एमालेले यही मंसिर १० देखि १२ सम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।