काठमाडौं , लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयांले घटेर प्रतितोला ९२ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५० मूल्य कायम भएको महासंघले जनाएको छ ।