जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग — OSNepal

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

LC (KTM) May 02, 2024 0

सिरहा, २० वैशाख: सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् । विसं २०७६ माघ २४ गतेदेखि अतिक्रमित जग्गा खाली गराउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यस्तो आग्रह गरेका हुन् ।

अभियन्ता शुभेन्द्रकुमार साहले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई लिखितरूपमा ज्ञापनपत्र बुझाएको बताउनुभयो । “सार्वजनिक सम्पत्ति हामी सबैको हो । त्यसैले नागरिकको कर्तव्य ठानेर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन माग गरेका हौँ”, अभियन्ता साहले भन्नुभयो । आफ्नो माग सुनुवाइ नभए अब सत्याग्रह (आमरण अनशन) बस्नुपर्ने अवस्था आउने पनि उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भने मागसम्बन्धमा सत्यतथ्य बुझि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । अतिक्रमित जग्गामा अहिले विभिन्न ११ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर