काठमाडौं १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्धामा पेशी तोकेका छन् । जवराले आज नौ इजलासमा पेसी तोकिंका छन् भने आफ्नो लागि भने पेशी तोकेका छैनन् ।
जसमा सात संयुक्त र दुई एकल इजलास रहेका छन् । चार जना न्यायाधीश मंगलबार नै इजलास फर्किए पछि आन्दोलनरत कानुन व्यवसायीहरु बिच पनि मत भिन्नता बढेको छ ।
गत कात्तिक १४ गते देखि जवराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा धर्ना बसिरहेको छ ।