ओमिक्राेन बढेसँगै भारतमा काेभिडकाे तेस्राे कहर सुरु हुने विज्ञहरुकाे चेतावनी — OSNepal

ओमिक्राेन बढेसँगै भारतमा काेभिडकाे तेस्राे कहर सुरु हुने विज्ञहरुकाे चेतावनी

LC (KTM) December 08, 2021 0

नयाँ दिल्ली, २२ मंसिर -भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण अ‌ागामी वर्षकाे फेब्रुवरीसम्म तेस्राे लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजीका वैज्ञानिक महिन्द्र अग्रवालले अ‌ागामी फेब्रुवरीसम्म दैनिक काेभिड संक्रमितकाे संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला अ‌ाेमिक्राेनका बिरामी देखिनु ठूलाे धक्का हाे । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्राे लहरकाे जाेखिममा पर्नेछाैं ,’ अग्रवालले भने ।अ‌ाेमिक्राेन भेरयन्ट डेल्टाजस्ताे खतरा नभएकाे पनि उनले बताए । अ‌ाेमिक्राेन चाँडै सर्ने भए पनि जाेखिम भने कम भएकाे उनकाे भनाइ छ ।

त्यस्तै,भारतीय मेडिकल एसाेसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्राे लहर अ‌ाउने चेतावनी दिएकाे छ । तर, दाेस्राे लहर जस्ताे तेस्राे लहर घातक नहुने आईएमएले जनाएकाे छ ।भारतमा २१ जनामा अ‌ाेमिक्राेन भेरियन्ट देखिएकाे छ । राजस्थानमा नाै, महाराष्ट्रमा अ‍ाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे हाे । दक्षिण काेरियाबाट अ‌ाएका र उनीहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे हाे ।अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्राेन देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर