बलिउडको बहुप्रतिक्षित विवाह हुन अब १ दिन मात्रै बाँकी छ, विक्की–कट्रिनाको प्रि वेडिङ उत्सव राजस्थानमा जारी छ । तर फ्यानका लागि सबैभन्दा ठूलो निराशा यो थियो कि उनीहरूले अहिलेसम्म विक्की कट्रिनाको विवाह समारोहको एक झलक पनि देखेका छैनन्। दुलहा र दुलहीकोत कुरै छोडौ घटनास्थलको भित्री तस्बिर पनि बाहिर आएको छैन । तर अब फ्यानहरूका लागि खुसीको खबर बाहिर आएको छ।
यो थाहा पाएर उनीहरुको खुशीको सीमा रहेन । नेहा धुपियाले विक्की कट्रिनाको विवाह स्थलको एक झलक हेर्न पर्खिरहेका फ्यानहरुलाई ट्रीट दिएकी छिन् । नेहाले राजस्थानको बरवाराको सिक्स सेन्सेस फोर्टबाट आफ्नो पछिल्लो तस्बिर सेयर गरेकी छिन् । यो तस्विरमा नेहासँग उनका पति अंगद बेदी पनि देखिएका छन् । नेहा अंगदको यो तस्बिरको ब्याकग्राउन्डमा बत्ती बालेको सजावट प्रस्टै देख्न सकिन्छ।
रङ्गबिरंगी सजावट प्राय गुलाबी रंगको हुन्छ, बत्ती हेर्दा विवाहपूर्वको उत्सवको झलक देखिन्छ । नेहाले ब्याकग्राउन्ड ब्लर गर्ने धेरै प्रयास गरेकी छिन् । तर ब्लर फिल्टरले पनि रंगीन सजावटको चमक कम गर्न सकेको देखिएको छैन । नेहाका यी तस्बिरमा सेलिब्रेटी र फ्यानबाट धेरै कमेन्टहरु आइरहेका छन् ।
सबैजनाले यो जोडीलाई सोधिरहेका छन् कि तपाई विक्की(कट्रिनाको बिहेमा जानुभएको हो कि होइन ? कतिपयले नेहा र अंगद निकै भाग्यमानी रहेको भन्दै कट्रिना–विक्कीको विवाहको हिस्सा बनेको पनि प्रतिक्रिया दिएका छन् । नेहा धुपिया र अंगद बेदी बलिउडकै सबैभन्दा ठूलो विवाहको साक्षी हुन लागेका छन् ।
तर फ्यानहरूले यो भव्य समारोहको झलक हेर्न पाउने छैनन्। किनकी कैट्रीना–विक्की आफ्नो विवाहलाई गोप्य राख्न चाहन्छन् । अतिथिहरूलाई फोटोहरू क्लिक गर्न समेत अनुमति दिइएको छैन।