काठमाडौं-वर्षकै प्रतीक्षित फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय गरेको देख्न सकिन्छ । दुई योद्धाको कथालाई देखाइएको फिल्मको निर्देशन ‘बाहुबली’ निर्देशक एसएस राजमौलीले गरेका हुन् ।
चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । ‘बाहुबली’ निर्देशककोे चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । भारतमा यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ । यो चलचित्र जनवरी ७ तारिखबाट रिलिज हुँदैछ ।