काठमाडौं २३ पौष । बैंक लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वर स्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा १६ लाख रुपैयाँ लुटपाट भएको पाइएपछि ती चार जना पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी वृतले दिएको जानकारी अनुसार हाल पक्राउ परेका चारै जनाको नाम सार्वजनिक गरिएको छैन ।
गत पौष १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि निजहरुको खोजी भइरहेको थियो ।
घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।