जापानमा बसेरै गाम बेसीको प्रेम, वियोग र रोमान्सलाई यसरी जीवनको रेलमा समेटे गीतकार दीपेन्द्र अधिकारीले — OSNepal

जापानमा बसेरै गाम बेसीको प्रेम, वियोग र रोमान्सलाई यसरी जीवनको रेलमा समेटे गीतकार दीपेन्द्र अधिकारीले

admin April 27, 2024 0

काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन् ।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आँफुलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् । प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् । सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन् । भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र विरहले भरिएको यो मनछुन गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर