ओम्रिकोनको यो त्रास अब हराएर जाने कोरोना भाइरससँग लाइफ फेस गर्ने पहिलो डाक्टर रञ्जित शाहको दावी (भिडियोसहित ) — OSNepal

ओम्रिकोनको यो त्रास अब हराएर जाने कोरोना भाइरससँग लाइफ फेस गर्ने पहिलो डाक्टर रञ्जित शाहको दावी (भिडियोसहित )

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । नेपालमा पहिलो पटक कोभिड १९ कोरोना भाइरससँग लाइफ फेस गर्ने एवं टिचिङ हस्पिटलका प्रोफेसर,सरुवा रोग विषेशज्ञ डाक्टर रञ्जित शाहले कोरोनाको तेस्रो लहर ओमिक्रोन पहिलो र दोस्रो भेरियन्ट जस्तो घातक नभएको बताएका छन् ।

पत्रकार एचवी ताम्राकारसँग ओएस नेपाल इन्टरनेसनल डिसर्कोसमा कुराकानी गर्दै डा शाहले यस्तो जानकारी दिएका हुन् । साउद अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले नेपालमा तिव्र गतीमा फैलिए पनि त्यति धेरै घातक नभएको डा शाहको भनाइ रहेको छ ।

यस भाइरसबाट पहिलो र दोस्रो भाइरसको तुलनामा कम मृत्यु भएको पनि उनले बताएका छन् । यो भेरियन्टले दीर्घरोगी र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई बढी ग्रसित पार्ने भएकाले यस्ता मान्छे मात्र हस्पिटल जानु परेको उनको भनाइ रहेको छ ।

अहिले सबै अस्पिटलमा वेड अक्सिजन प्रयाप्त भएकाले कसैलाई नडराउन समेत उनले आग्रह गरेका छन् । माघ महिनाको १५ दिनमा यो भाइरस धेरै उकालो लागेपनि विस्तारै अब यो हराएर जाने समेत उनको दावी रहेको छ ।

‘पहिलो भाइरस एक जनाबाट ६ जनामा सथ्र्यो भने अहिले एक जनाबाट २५ देखि ३० जनामा सर्ने भएकाले यसबाट सचेत र सावधानी भने अपनाउनु पार्ने छ । खोपले रोग नलाग्ने होइन , लागेपछि रोगसँग लड्ने क्षमता वृद्धि गर्ने हो । पहिलो र दोस्रो डोज नलगाएकाले बुस्टर डोज लगाउन मिल्दैन , यदि कसैले पहिलो डोज लगाएर बुस्टर डोज लगाउँछ भने त्यो दोस्रो डोज नै हुन्छ ।’ कार्यक्रममा डा शाहले जानकारी दिएका छन् ।

 कोरोनाको   खोपले ६ महिना मात्र  काम गर्ने भएकाले बुस्टर डोज लगाउन   उनले सबैलाई   सुझाव  समेत  दिएका   छन् । 

चिनमा अध्ययन गर्न गएका १२५ विद्यार्थीहरुलाई लिन चिन गएका डा शाहले आफु देश र जागिरको मायाले गर्दा ज्यान समेत धराप पारेर नेपालीको उद्धार गर्न गएको बताएका छन् । पहिलो भेरियन्ट चिनबाट सुरु भएको थियो ।

‘त्यति बेला धेरै डर थियो । आफै मरिने होकि भन्ने डर थियो । तर पनि घर गएर जिउ छामिन्थ्यो कतै आफु पनि संक्रमति भइछ कि भनेर ‘ उनले कार्यक्रममा आफ्ना अनुभव सुनाए ।

धेरै संक्रमित भएपनि कम जोखिम रहेको यो पेन्डामिक अब हराएर जाने पनि उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर