कानुनमन्त्री बडुलाई काेभिड संक्रमण — OSNepal

कानुनमन्त्री बडुलाई काेभिड संक्रमण

LC (KTM) January 27, 2022 0

काठमाडाैं, १३ माघ-कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे । उनी संक्रमणमुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर