एजेन्सी -भारतिय टिभि सिरियल सासभीबाट रातारात चर्चामा आएकी बलिउड सुन्दरी नायिका मौनी रोय विवाह बन्धनमा बाधिँएकी छिन् । उनि प्रेमि सुरज नाम्बियारसँग बिहिबार विवाह बन्धनमा बाधिएकी हुन ।
भारतिय मिडियाका अनुसार मैनीले आज अर्थात बिहिबार गोवामा परिवार र आफन्तकाबीच विवाह बाधिएको जनाइएको छ । बिहेमा निकै सुन्दर देखिएकी मौनिका तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छन् । लामो समयदेखि प्रेममा रहेकी मौनीका पति सुरज दुबईका बैंकर तथा व्यापारी हुन ।