काठमाडौं-स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म ‘थिरिमाली’ भारतमा रिलिज भएको छ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको हो ।
उनले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको बताएका छन् । केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो ।
गीतमा उनको नृत्यको प्रशंसा भएपनि मा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।केरलाबाट नेपाल आउने तीन पात्रको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन भएको छ ।