काठमाडौं ६ फागुन । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी परियोजना एमसीसीको विषयमा सहमति जुटाउन आज फेरि बैठक बसेको हो ।
हिजो साँझ बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि संसद बैठक अगाडी सहमति जुटाउन भन्दै बैठक सुरु भएको हो ।
आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने सरकारको तयरी रहेको छ । सरकारमा सहभागी दलहरुको सहमतिको लागि बैठक बसेको हो ।