अमेरिकामा नागरिकले कोरोना बिरुद्धको खोप लगाउन नमानेपछि राज्य सरकारले ल्यायो अनौठो अफर , खोप लगाउने नागरिकलाई एक खिल्ली गाँजा उपहार — OSNepal

अमेरिकामा नागरिकले कोरोना बिरुद्धको खोप लगाउन नमानेपछि राज्य सरकारले ल्यायो अनौठो अफर , खोप लगाउने नागरिकलाई एक खिल्ली गाँजा उपहार

LC (KTM) June 09, 2021 0

नागरिकले सरकारको निती नमाने पछि अनेक अफर दिनुपर्ने यर्थाथ छदैछ । कोरोनाको यो महामारी चलिरहेका बेला बिश्वकै शक्तिशाली मानिएको अमेरीका पनि आफ्ना नागरिक संग हार खाएको छ ।

कोरोना बिरुद्धको खोप नै नागरिकले नलगाईदिए पछि अमेरिकाले एउटा नयाँ अफर ल्याएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् ।

अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ ।

युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले सहयोग पुगे आशा त्यहाँको सरकारको छ । अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर