काठमाडौं । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्युजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।
अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभएको छ ।
नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।
केही दिनमानै ईच्छुक सर्जकहरूका लागि आवेदनका लागि फाराम वितरणगरी उत्कृष्ट पाँचबाट विजेतालाई नगद राशीसहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य सचिव गोकर्णप्रसाद लामीछानेले जानकारी दिनुभयो ।