बलिउडकी हट अभिनेत्री उर्फी जाबेद आफ्नै पिता बाट शारीरिक दुब्र्यवहारको शिकार बनेपछि घर बाट भागेको खुलासा — OSNepal

बलिउडकी हट अभिनेत्री उर्फी जाबेद आफ्नै पिता बाट शारीरिक दुब्र्यवहारको शिकार बनेपछि घर बाट भागेको खुलासा

LC (KTM) May 27, 2022 0

इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्। कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशानामा पनि आउने गरेकि छिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइलमा बस्ने उर्फीले बोल्ड ड्रेसमा एकपछि अर्को गर्दै आफ्ना तस्बिर र भिडियो सेयर गरिरहेकी छिन् तर बिन्दासमा बस्ने उर्फी जावेदको बाल्यकाल निकै कठिन भएको छ, जसको खुलासा उनले आफैंले एक अन्तर्वार्तामा गरेकी छिन् ।

आरजे सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा उर्फी जावेदले आफ्ना बुवाले आफूलाई शारीरिक र मानसिक यातना दिने गरेको खुलासा गरेका थिए ।अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल निकै कठिन भएको बताईन् । उनी डिप्रेसन र मानसिक यातनाबाट गुज्रिएकी छिन् । उर्फीले भनिन्, ‘जब म ११ कक्षामा थिए , मेरो एउटा साथीले मेरो तस्बिर एडल्ट साइटमा अपलोड गरेछ । त्यतिबेला उनको परिवार र आफन्तले उनलाई गलत ठाने र साथ दिएनन् ।

उनले बोल्ने मौका पनि पाईनन् । त्यसबेला म दोषी ठहरिएँ ।उनको परिवार र आफन्तले मलाई लुकेर पोर्नस्टारको रुपमा काम गर्छु भन्ने लागेको थियो ।’उनले थप बताइन्, ‘दुःखको घडीमा साथ दिनुको सट्टा मेरो परिवारले मलाई अपराधी ठाने । मलाई बोल्न पनि दिइएन । उर्फीले आफ्ना बुवाले आफुलाई धेरै वर्षसम्म यातना दिएको पनि खुलासा गरेकी छिन् । बुवाले उनलाई शारीरिक र मानसिक यातना दिए । अभद्र कुरा बोल्थे । मेरो नाम पनि याद थिएन । मानिसहरूले मेरो बारेमा नराम्रो कुरा गर्थे।

मैले जुन कुराबाट गुज्रिरहेको छु त्यसबाट कुनै केटीले गुज्रनु हुँदैन।बुवाले पनि ममाथि आरोप लगाए । मलाई केही बोल्न दिइएन । उनको यातना मात्र सहनु पर्यो । मलाई भनिएको थियो कि निर्णय लिने अधिकार केटीहरूलाई छैन, पुरुषले मात्र निर्णय गर्छन्। त्यसपछि उनी आफ्ना दुई बहिनीसँग बुबाको घरबाट भागिन् । पछि उर्फीका बुवाले पनि आमालाई छोडे । यसपछि उर्फीका बुवाले दोस्रो विवाह गरे, त्यसपछि परिवारको जिम्मेवारी उर्फी र उनका दिदीबहिनीको काँधमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर