पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल — OSNepal

पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल

LC (KTM) June 09, 2022 0

काठमाडौं, २६ जेठ:

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे ।

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर