डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ — OSNepal

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

LC (KTM) June 17, 2021 0

काठमाडौं, ३ असार-काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो नया गजल ९गीत० अँधेरीमा थिएँ म।।।को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ ।

भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् ।गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको सृँगार रहेको छ ।

कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर