काठमाडौं २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्नु सकारात्मक र स्वागत योग्य भएको बताएका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा हुने निर्णय गरैसँगै अध्यक्ष लिङदेनले सकारात्मक र स्वागत योग्य भएको बताएका हुन् । लिङदेनले निश्पक्ष चुनावी सरकार गठन गरिनुपर्दछ भन्ने आफ्नो अडान यथावत रहेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले निर्वाचनको मिति घोषणा भएसँगै सरकार कम चलाउ भएको बताएका छन् । ‘निर्वाचन घोषणा भइसकेपछि सरकार स्वतस्कामचलाऊ भइसकेको अवस्थामा निर्वाचनलाई प्रभाव पार्ने कुनैपनि निर्णय गरिनु हुँदैन।’ उनले भनेका छन् ।
‘मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्नु सकारात्मक र स्वागत योग्य छ।निश्पक्ष चुनावी सरकार गठन गरिनुपर्दछ भन्ने हाम्रो अडान यथावत छ ।निर्वाचन घोषणा भइसकेपछि सरकार स्वतस्कामचलाऊ भइसकेको अवस्थामा निर्वाचनलाई प्रभाव पार्ने कुनैपनि निर्णय गरिनु हुँदैन।’