रसुवामा जथाभावी पार्किङ गर्ने सवारी साधनमा 'व्हिल लक' लगाइयो — OSNepal

रसुवामा जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘व्हिल लक’ लगाइयो

LC (KTM) August 06, 2022 0

रसुवाधुञ्चे क्षेत्रको सडकमा जथाभावी पार्किङ गरिएको सवारी साधनमा शनिबार ट्राफिक प्रहरीले लगाएको ‘व्हिल लक’ । यसअघि रसुवामा ‘व्हिल लक’ प्रयोगमा नल्याएको ट्राफिक प्रहरीले अहिले गोसाइँकुण्ड मेलालाई लक्षित गर्दै प्रयोगको सुरुवात गरेको छ । तस्वीर ः ज्ञानेन्द्र न्यौपाने/रासस

भानुको दोरदोरकोटलाई पर्यटकीय गन्तव्य बनाउन पहल
तनहुँको भानु नगरपालिका–३ दोरदोरकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । बाइसे चौबिसे राज्यको पालामा तनहुँसुरको सेन वंशीय राजाले सुरक्षा पोष्टका रुपमा प्रयोग गरेको उक्त गढीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।

भानु नगरपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चासो देखाएको छ । नगरपालिकाको उक्त कदममा भानुस्थित नेपाली सेनाको रुरु भैरव दल गणले पनि हातेमालो गर्ने भएको छ । नगरपालिकाले गढीलाई व्यवस्थित बनाई नेपालको राष्ट्रिय झण्डा राख्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । साथै यस क्षेत्रमा आयमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

रुरु भैरव दल गणले गढी संरक्षणमा स्थानीयसँग सहकार्य गरी कार्य गर्ने योजना बनाएको गणका गणपति प्रमुख सेनानी हिमाञ्चलजङ्ग शाहले बताउनुभयो । गणले नागरिकसँगको हातेमालो कार्यक्रमअन्तर्गत उक्त गढीमा सरसफाइ र वृक्षरोपण गरेको छ ।

गढीलाई थप व्यवस्थित बनाउन कालिका मन्दिरको जीर्णोद्वार, खानेपानी र बिजुली बत्तीको व्यवस्था गर्नुपर्ने दोरदोर कालिका मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गलबहादुर रानाले बताउनुभयो । “प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको छ, नगरपालिकाले यसमा चासो दिएर यसलाई प्रचारप्रसार गर्नेतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

डुम्रेबजारबाट भन्सार नारेश्वरटार, भकुन्थोक हुँदै करिब १४ किलोमिटरको दूरीमा अवस्थित गढीबाट तनहुँको बन्दिपुर, मैवल, भन्सार, तनहुँसुर, वसन्तपुर थानीथान, चोकचिसापानी, लमजुङका विभिन्न स्थान, गोरखाको पालुङटार, लिगलिग, गाईखुर, च्याङ्ली लगायतका ठाउँ देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर