काठमाडौं ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि खनिएका छन् ।
सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ? भन्दै प्रश्न गरेका छन् ।
राष्ट्रवादीमाथि अमर्यादित हमला गरेको भन्दै ओलीले संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? भन्दै प्रश्न गरे ।
यस्ता मान्छेले कसरी न्याय दिए होलान् भन्दै आक्रोश पोखेका ओलीले यसले संसदमाथि हमला भएको बताए । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै ओली कार्कीमाथि खनिएका हुन् ।