के सिसन् र पूर्वमिस नेपाल श्रृंखलाको ब्रेकअप भएको हो ? — OSNepal

के सिसन् र पूर्वमिस नेपाल श्रृंखलाको ब्रेकअप भएको हो ?

LC (KTM) September 27, 2022 0

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँको ब्रेकअप भएको गाँइगुर्ई सुनिन थालेको छ । लामो समय देखी प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ब्रेकअप भएको खबर बाहिर आएको छ ।

केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका तस्विर भने बाहिर आएका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए ।

अहिले भने यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमान गरिएको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । यसले पनि ब्रेकअप भएको भन्ने हल्लालाई थप बल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर