काठमाडौँ । गायक तथा संगीतकार संजीव पुडासैनीको तिमी मेरो माया हौ बोलको गीतको लेरिकल भिडियो सार्वजनिक गरिएको छ ।
गायक पुडासैनीको शब्द, संगीत, स्वर र कम्पोज रहेको गीत माया एल्बमा समावोश रहेको छ । एकोहोरो मायामा पर्ने प्रेमी प्रेमीकाको त्याग र मिट्ठो मायालाई वर्णन गरिएको गीतको भिडियो छिट्टै नै निर्माण गरिने गायक पुडासैनीले बताए ।
सन्तोष गुरुगंको एरेन्ज रहेको गीतमा मिक्स एण्ड मास्टरिगं शैलेन्द्र बाबु प्रधानको रहेको छ । भिडियो गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।