चलचित्र ‘यशोदा’ को ट्रेलर सार्वजनिक, गर्भवती महिलाको भूमिकामा देखा परेकी सामन्था दमदार एक्सनमा पनि देखा परिन् — OSNepal

चलचित्र ‘यशोदा’ को ट्रेलर सार्वजनिक, गर्भवती महिलाको भूमिकामा देखा परेकी सामन्था दमदार एक्सनमा पनि देखा परिन्

LC (KTM) October 28, 2022 0

एजेन्सी- चलचित्र ‘यशोदा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको अभिनय रहेको छ । २ मिनेट २१ सेकेन्डको ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ ।

ट्रेलर हेरेर यो चलचित्रमा नायिका गर्भवती महिलाको भुमिकामा देखिएकी छन् । यस चलचित्रको ट्रेलर ५ भाषामा सार्वजनिक गरिएको छ । हिन्दी भाषामा बनेको चलचित्रको को ट्रेलर वरुण धवनले शेयर गरेका छन् भने तेलुगु भाषाको ट्रेलर विजय देवरकोंडा र मलयालम भाषाको ट्रेलर दुल्कर सलमानले शेयर गरेका छन् ।

समन्थाको यो चलचित्र नोभेम्बर ११ मा थिएटरमा प्रवेश गर्दैछ ।

यो पनि पढ्नुहोस : थानेश्वरको ‘पत्थर जस्तो दिल’मा सुधिर र उषा – साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।

विशुुद्ध मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो। गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’ मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत छन्। उनले दर्जनौं गजल र कविताहरु लेखेका छन् । आफ्नो पहिलो सिर्जनालाई सुनेर हेरेर प्रतिक्रिया दिन ज्ञवालीले सबै दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर