साउथ सुपरस्टार रामचरणलाई एयरपोर्टमा अनौठो पहिरनमा देखिएको छ । उनले लगाएको लुगा सबै कालो थियो । अचम्मको कुरा के हो भने उनि खाली खुट्टा देखिएका थिए । यस्तो गेटअपमा उनी ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा एकदमै ठुलो चर्चाको बिषय बनेको छ ।
टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिनुको पछि रहस्य लुकेको छ । भिडियोमा फ्यानले अभिनेता रामचरणले अयप्पा स्वामीको महाव्रत राखिरहेको प्रतिक्रिया दिएका छन् । वास्तवमा यो महाब्रत लिएको अवस्था हो । यो महाव्रत ४१ दिनसम्म चल्छ र कडा नियमको पालना गर्नुपर्ने हुन्छ । यस्तो महाब्रत रामचरणले यसअघि पनि राखेका थिए ।
उनको यो महाब्रत ओस्कार जित्ने संकल्पको रुपमा लिइएको छ । सामाजिक सञ्जालमा हालिएको भिडियोमा रामचरण कारबाट ओर्लिएको देखिन्छ । उनी कालो कपडामा छन् । हातमा कालो भाँडो रहेको छ भने उनी खाली खुट्टामा छन् । उनले फेब्रुअरी १० देखि अयप्पा स्वामीको महाव्रत गरिरहेको बताइएको छ ।
४१ दिनसम्म रहने यो महाव्रत एकदमै कडा र कठिन खालको रहेको छ । यस समयमा कालो कपडा लगाउनुपर्ने, ब्रह्मचार्य पालन गर्नुपर्ने नियम रहेको छ । यो महाव्रत अवधिभर खाली खुट्टा बस्नुपर्ने, भुइँमा सुतेर गलामा तुलसीको माला लगाउनुपर्ने नियम छ भने भोजन साधुको जस्तै गर्नुपर्ने हुन्छ ।