उर्जाको महिनाका रुपमा हेरिने फागुन महिना शिव, कृष्ण र विष्णुको महिना, यी तीनै भगवानको पूजा गर्दा फल प्राप्ती हुने — OSNepal

उर्जाको महिनाका रुपमा हेरिने फागुन महिना शिव, कृष्ण र विष्णुको महिना, यी तीनै भगवानको पूजा गर्दा फल प्राप्ती हुने

LC (KTM) February 23, 2023 0

काठमाडौं- यो फागुनको महिनाहो। यो विशेष महिनामा भगवान् श्रीकृष्ण र भगवान् शिवको विशष महत्वका साथ पूजा अर्चना गर्ने गरिन्छ । फागुन महिनामा वर्षत बस्ने र पूजा आजालाई विशेष ध्यानमा राखेर भगवानको पूजा गर्ने गरिन्छ ।

यो महिनालाई उर्जाको महिनाका रुपमा पनि हेरिन्छ । धार्मिक दृष्टिकोणबाट पनि फागुन महिना विशेष हो । ज्यातिष शास्त्रका अनुसार यो महिना शिव, कृष्ण र विष्णुको महिना हो ।

फागुनमा होली, महाशिवरात्री लगायतका ठूला पर्वहरु पनि पर्छन् । ज्योतिषीहरुका अनुसार यो महिनामा कृष्ण , शिव र विष्णु भगवानको पूजा गर्दा विशेष किसिमका फलहरु प्राप्त हुन्छन् । सन्तान नभएकाहरुका लागि यो महिना खास हो ।

यस महिनामा भगवान श्रीकृष्णको पूजा अर्चना गरेमा बाल बच्चा नभएकाहरुलाई बच्चा प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वस रहीआएको छ । शास्त्रका अनुसार यस महिनामा श्री कृष्ण पूजा गर्दा धेरै फाइदाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर