चैतेदसैँ पर्वका अवसरमा अम्बिकेश्वरी मन्दिरमा भक्तजनको भीड — OSNepal

चैतेदसैँ पर्वका अवसरमा अम्बिकेश्वरी मन्दिरमा भक्तजनको भीड

LC (KTM) March 29, 2023 0

देउखुरी, १५ चैत ः हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही– १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ ।

यो पनि : आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने:हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक९दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उता देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावा९हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर